PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एमसीसी पेश गर्न सहमति जुटाउने प्रयास जारी : कानुन मन्त्री बडू



पहिलोपोस्ट

एमसीसी पेश गर्न सहमति जुटाउने प्रयास जारी : कानुन मन्त्री बडू

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई सदनमा पेश गर्ने विषयमा निरन्तर प्रयास भइरहेको बताएका छन्। उनले शुक्रवारसम्म सहमति जुटाउनका लागि समय निर्धारण गरिएको समेत बताए।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा बडुले एमसीसीबारे सडकमा उठेका बहस र विवादलाई टुंगोमा लानका लागि पनि सो प्रस्तावलाई संसद्मा लानुपर्ने बताए।

‘यो विषयलाई संसद्मा प्रवेश गराउने र छलफलमा लाने हाम्रो उद्देश्य हो। छलफलका निमित्त दललाई अझै केही समय चाहिन्छ भन्ने आएकाले थप सहमति जुटाएर अबको बैठकमा टेबल गर्ने सहमति बनाउँदैछौँ,’ उनले भने।

आजको बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी थियो। तर, नेकपा (माओवादी केन्द्र)ले प्रस्ताव पेश भए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने बताएपछि आजको कार्यसूचीमा एमसीसी राखिएको थिएन।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ६ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ। यस्तै, सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक फागुन ५ गते बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell