
काठमाडौं: पछिल्लो २४ घन्टामा ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ९ हजार ७५६ जनाको कोरोना परीक्षण गर्दा ६३९ जनामा कोरोना संक्रमण देखिएको हो।
आरटी-पीसीआर परिक्षणबाट ४४८ जनामा र एन्टीजेन परिक्षणबाट १८५ जनामा कोरोना संक्रमण देखिएको हो। परिक्षण गरिएका ६.५४ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो।
पछिल्लो २४ घन्टामा १ हजार ६०० जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ। त्यसैगरि संक्रमणकै कारण थप ३ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्रालयका तथ्याङअनुसार पछिल्लो २४ घन्टामा २ लाख १४ हजार १०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।