PahiloPost

Jun 24, 2026 | १० असार २०८३

फिल्म 'लाइफ इन एलए' वैशाख ९ गते रिलिज हुने



पहिलोपोस्ट

फिल्म 'लाइफ इन एलए' वैशाख ९ गते रिलिज हुने

काठमाडौँः फिल्म 'लाइफ इन एलए' को प्रदर्शन मिति तय भएको छ। बुधबार फिल्म निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो।

अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको यो फिल्म नेपालमा वैशाख ९ गतेबाट प्रदर्शनमा आउने छ। सूर्य एन श्रेष्ठको निर्देशन र निर्माण रहेको फिल्मको छायाङ्कन अमेरिका र नेपालमा भएको हो।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन्। फिल्ममा ब्यास बिस्सु, आकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ।

अमेरिकाभन्दा पहिले नेपालमा रिलिज लक्ष्य भए तापनि कोरोना महामारीका कारण ढिलो भएको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell