PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

हजार दरका २९४ थान नक्कली नोटसहित काठमाडौँबाट चार जना समातिए



पहिलोपोस्ट

हजार दरका २९४ थान नक्कली नोटसहित काठमाडौँबाट चार जना समातिए

काठमाडौः प्रहरीले नक्कली रुपैयाँसहित चार जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दिउँसो  काठमाडौँ महानगरपालिका १६ नयाँ बजार मेडिकल चोक एरियाबाट चार जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले रौतहट गौर नगरपालिका घर भएका २८ को पृथ्वीप्रसाद साह,२७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र वर्ष २८ को महमद शम्साद आलमलाई नियन्त्रणमा लिएको हो।

महाशाखाबाट खटिएको टोलीले दुई लाख  ९४ हजार नक्कली नेपाली नोट फेला पारेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell