PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

थ्री स्टार र पुलिस बराबरीमा रोकिए



पहिलोपोस्ट

थ्री स्टार र पुलिस बराबरीमा रोकिए
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न तेस्रो खेलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको २१ औं मिनेटमा ऋतिककुमार खड्काको गोलमा थ्री स्टारले अग्रता बनाएको थियो। पहिलो हाफमा थ्री स्टार एक गोलले अघि रहे पनि दोस्रो पुलिस खेलमा फर्कन सफल भयो। ५२ औं मिनेटमा पुलिसका कप्तान सुमन सुवेदीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल थप्न नसक्दा खेल १-१ को बराबरीमा रोकियो।

योसँगै थ्री स्टारले शीर्ष दुईमा स्थान बनाउने अवसरमा चुकेको छ। लिगमा आजै सम्पन्न अघिल्ला खेलहरुमा त्रिभुवन आर्मी क्लब फ्रेन्ड्स क्लबसँग १-१ को बराबरीमा रोकिँदा मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई हराउँदै लिगको उपाधि सुरक्षित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell