PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कर्णाली प्रदेश सरकारले वार्षिकोत्सवमा औपचारिक कार्यक्रम नगर्ने 



पहिलोपोस्ट

कर्णाली प्रदेश सरकारले वार्षिकोत्सवमा औपचारिक कार्यक्रम नगर्ने 

सुर्खेतः कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस नमनाउने भएको छ। अघिल्ला वर्षहरुमा तामझाम साथ विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने प्रदेश सरकार यसपटक नमनाउने भएको हो। 

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम नगर्ने मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले जनाएको छ। 

‘कोभिडको जोखिम कायमै रहेकाले वार्षिकोत्सवका अवसरमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भनेर निर्णय भइसकेको छ’ मुख्यमन्त्रीका स्वकीय सचिव राज रोकायले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell