.jpg)
काठमाडौँः आयल निगमले भारतबाट खरिद गर्ने मूल्यमा बृद्दि भए पनि आम उपभोक्ताको लागि भने मूल्य नबढ्ने भएको छ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार आयल निगमले खरिद गर्ने मूल्यमा भने बृद्दि भएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ९५ पैसा बढेर आएको निगमले जानकारी गराएको छ।
बढेर आएको मूल्य अनुसार निगमलाई १५ दिनसम्म २ अर्ब ४१ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ। पेट्रोलमा प्रतिलिटर १९ रुपैयाँ ५ पैसा, डिजेलमा प्रतिलिटर १५ रुपैयाँ ४८ पैसा घाटा छ।
मट्टीतेलमा प्रतिलिटर २२ रुपैयाँ २४ पैसा नाफा रहेको छ। त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९ रुपैयाँ ६ पैसा र बह्यातर्फ ३९ रुपैयाँ ९४ पैसा नाफा रहेको निगमले जानकारी दिएको छ। खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर ५ सय ६० रुपैयाँ ७५ पैसा घाटा रहेको छ।
अहिले आम उपभोक्ताले पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ, मट्टीतेल रडिजेल १२५ रुपैयाँ र खाना पकाउने ग्यास १५ सय ७५ रुपैयाँमा खरिद गरिरहेका छन्।