PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

इन्टर मिलान लिभरपुलसँग पराजित



पहिलोपोस्ट

इन्टर मिलान लिभरपुलसँग पराजित
Photo: UCL

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा इटालियन क्लब इन्टर मिलान इङ्ग्लिस क्लब लिभरपुलसँग पराजित भएको छ। सन सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इन्टर लिभरपुलसँग २-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रोबेर्टो फर्मिन्होले लिभरपुललाई अग्रता दिलाए। उनले खेलको ७५ औं मिनेटमा एन्ड्र्यु रोबर्टसनको पासमा गोल गर्दा ८३ औं मिनेटमा मोहम्मद सलाहले गोल गरे। यी टोलीबीचको दोस्रो लेगको खेल मार्च ९ मा एनफिल्डमा हुनेछ।

त्यस्तै गएराति नै सम्पन्न च्याम्पियन्स लिगको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख अस्ट्रियन क्लब एफसी साल्जबर्गसँग बराबरीमा रोकियो। रेडबुल एरेनामा सम्पन्न खेलमा घरेलु टोलीका चुकवुबुइक एडमुले २१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। बायर्नलाई हारबाट जोगाउन निर्धारित समयको अन्तिम मिनेटमा किंग्सले कोमनले गोल फर्काए। यी दुई टोलीबीच अन्तिम १६ को दोस्रो लेगको खेल मार्च ९ मा एलेनाज एरेनामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell