PahiloPost

Jun 24, 2026 | १० असार २०८३

तरकारी काट्ने चक्कुले घाँटी रेटी बुबाको हत्या, समातिए छोरा



पहिलोपोस्ट

तरकारी काट्ने चक्कुले घाँटी रेटी बुबाको हत्या, समातिए छोरा

दाङ : धारिलो हतियारले घाँटी रेटी बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। यो पश्चिम दाङको घटना हो।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-३ बेलडाँडाका १९ वर्षीय गोपाल मगर छन्। ६३ वर्षीय बुवा कर्णबहादुर बुढालाई बुधबार दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो।

बाबुछोराबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको स्थानीयवासीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell