PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

ए डिभिजन लिगमा आज दुई खेल



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब आमने सामने हुँदैछन्। संकटा १५ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ भने एनआरटी १४ अंक जोडेर सातौं स्थानमा छ।

आजको खेलमा जित निकालेको खण्डमा एनआरटी पाँचौं स्थानमा उक्लने छ भने संकटा क्लबले जित निकाले चौथो स्थानको थ्री स्टार क्लबसँग अंक बराबरी गर्नेछ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मनाङ मर्स्याङदी क्लब र विभागीय टोली एपीएफ भिड्नेछन्। २० अंक जोडेको मनाङ तालिकाको दोस्रो स्थानमा छ भने एपीएफ ११ अंक जोडेर तालिकाको नवौं स्थानमा छ। एपीएफले जित निकाले सातौं स्थानको न्युरोड टिमसँग अंक बराबरी गर्नेछ भने मनाङले जित दोस्रो स्थानमा यथावत रहने छ। लिगको उपाधि भने मछिन्द्र क्लबले सुरक्षित गरिसकेको छ।

दुबै खेल दिउँसो १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell