PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बालाजुमा बसले ठक्कर दिँदा दुई पैदल यात्रुको मृत्यु, बसको नम्बर भने खुल्न सकेन



पहिलोपोस्ट

बालाजुमा बसले ठक्कर दिँदा दुई पैदल यात्रुको मृत्यु, बसको नम्बर भने खुल्न सकेन

काठमाडौः बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ।

आज बिहान ५ बजेर ५० मिनेटको समयमा बालाजुको गंगा हल अगाडि बसले हिँडिरहेका दुई जनालाई ठक्कर दिँदा मृत्यु भएको हो। मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र दुर्गामाया थापा छन्।

'ठक्कर दिने बसको नम्बर भने खुल्न सकेको छैन। थप अनुसन्धानको क्रममा नै छ,' महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले भने।

ठक्कर दिने बसको खोजी भइरहेको र केही बसका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell