
भारतमा पछिल्लो २४ घन्टामा ३० हजार ७ सय ५७ जनामा कोभिड १९ पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार यस अवधिमा ५ सय ४१ जनाको संक्रमणकै बिच मृत्यु भएको छ।
संक्रमण जति भएको छ त्यसको दोब्बर भन्दा धेरै संक्रमणमुक्त भएका छन्। यस अवधिमा ६७ हजार ५ सय ३८ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमितको ठीक हुनेको संख्या बढ्ने र थपिनेक्रममा आएको गिरावटले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।
अहिले भारतमा ३ लाख ३२ हजार ९ सय १८ सक्रिय संक्रमित छन्। दैनिक पोजेटिभ रिपोर्ट २.६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। भारतमा अहिलेसम्म १ अर्ब ७४ करोड २४ लाख भ्याक्सिन लगाइसकिएको छ।
India reports 30,757 fresh COVID cases, 541 deaths, and 67,538 recoveries in the last 24 hours
— ANI (@ANI) February 17, 2022
Active case: 3,32,918
Daily positivity rate: 2.61%
Total recoveries: 4,19,10,984
Total vaccination: 1,74,24,36,288 pic.twitter.com/s52FRYk2vR