PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

ब्राजिलको पेट्रोपोलिसमा बाढी पहिरो : १०० जनाको मृत्यु



पहिलोपोस्ट

ब्राजिलको पेट्रोपोलिसमा बाढी पहिरो : १०० जनाको मृत्यु
Photo : Reuters

ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी पहिरो जाँदा करिब एक सयजनाको मृत्यु भएको छ। रियो डि जनेरियोको उत्तर तर्फ रहेको पहाडी क्षेत्रमा रहेको पेट्रोपोलिस शहर प्रसिद्ध पर्यटकिय क्षेत्र हो।

बाढी पहिरोका कारण कयौं घरहरु क्षतिग्रस्त भएका छन् भने शहरमा पानी जमेको छ। ८० वटाभन्दा बढी घरहरुमा क्षति पुगेको बताइएको छ। ३५ जना भन्दा बढी मानिस हराइरहेका छन्।

बाढी पहिरो गएको क्षेत्रमा उद्धारकार्य अझै जारी छ। विभिन्न संघसंस्थाले राहत कार्य संचालन गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell