PahiloPost

Jun 24, 2026 | १० असार २०८३

विनोल पौडेलको फिल्म 'रबर सिटी' को छायांकन अमेरिकाबाट सुरू



पहिलोपोस्ट

विनोल पौडेलको फिल्म 'रबर सिटी' को छायांकन अमेरिकाबाट सुरू

फिल्म ‘रबर सिटी’ को छायांकन सुरु भएको छ। विनोद पौडेलको निर्देशनमा रहेको फिल्मको कथा भुटानी शरणार्थीमा आधारित छ।

फिल्मको सुटिङ अमेरिकाबाट सुरु भएको हो। फिल्मको मुख्य भूमिकामा शुशांक मैनाली देखिनेछन्।

यसैगरी फिल्ममा राधा लम्साल, अरुणा कार्की लगायतको पनि मुख्य भूमिका छ। केही अमेरिकी कलाकारको पनि फिल्ममा अभिनय रहनेछ।

अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले 'रबर सिटी' भनिन्थ्यो। जसकारण धेरैजसो फिल्मको छायांकन ओहियो राज्यको एक्रोन शहरमा हुने बताइएको छ। एकमहिना छायांकन सेड्युल रहेको फिल्मको कथा विनोद पौडेलले नै लेखेका हुन्।

अंकित पौडेलको छायांकन रहने फिल्ममा अविरल थापा, भक्त रिजाल, यातिन पर्खानी, किर्तना बास्कोटा र राजु पौडेल निर्माताका रुपमा रहेका छन्। विनोलले यसअघि फिल्म 'बुलबुल' निर्देशन गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell