PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपाली भाषामा प्रयोग भएका संस्कृतका शब्दहरु कसरी बने ? साझा प्रकाशनले ल्यायो शब्दकोश



पहिलोपोस्ट

नेपाली भाषामा प्रयोग भएका संस्कृतका शब्दहरु कसरी बने ? साझा प्रकाशनले ल्यायो शब्दकोश

काठमाडौं : साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रकाशन गरेको छ। प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु संग्रहीत शब्दकोश प्रकाशन गरेको हो।

कोषकार प्राध्यापक नीलमणि ढुंगानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरिएको छ। कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन्।

अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित नभएको प्रकाशनले जनाएको छ। शब्दकोशमा प्रयोग भएका संस्कृतका शब्दहरु संस्कृत वाङ्मयमा बढी प्रचलित छन्। केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन्। तिनलाई देवनागरिक लिपिको परम्पारगत वार्णिक प्रणालीका क्रममा अर्थ्याइएको छ।

यो शब्दकोश विद्यार्थी, प्राध्यापकका लागि मात्र नभई अन्वेषक, अनुसन्धाताका लागि अन्वेषणको माध्यम बनेको साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले जानकारी दिए।

प्राध्यापक ढुंगानाले करिब १० वर्ष लगाएर तयार पारेको कोशमा सांस्कृतिक पक्ष, तीर्थस्थल, देवस्थल, वेदवेदाङ्ग, उपनिषद्, रामायण, महाभारत, दर्शन, पुराण, काव्यशास्त्र, योगशास्त्र, आयुर्वेद, कला, नीतिशास्त्र, विभिन्न सम्प्रदाय र तिनका विशेषता, वाङ्मयका विविध शाखा र विकासक्रम आदि समावेश छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell