PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको भोलिपल्ट भेटियो शरीरका अन्य अंग, के एकै शवका हुन् ती?



पहिलोपोस्ट

जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको भोलिपल्ट भेटियो शरीरका अन्य अंग, के एकै शवका हुन् ती?
फाइल फोटो

काठमाडौं : धरान उपमहानगरपालिका दुई ठाउँमा मानिसको शरीरको अंग भेटिएको छ।

बुधवार जेब्रा झोलामा हालेर फ्याँलिएको अवस्थामा मानिसको खुट्टा र टाउको भेटिएको थियो। आज उक्त स्थानभन्दा केही पर अर्को झोलामा शरीरको भाग भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकरी दिएको छ।

अहिलेसम्म शवको पहिचान हुन सकेको छैन। हत्या गरेर फ्याँलिएको अवस्थामा शव भेटिएको हो।सुनसरीको धरान ४ को कोशी राजमार्गको धरान - धनकुटा सडक खण्डको जेठामाने गोलाई स्थित सडकबाट ४५ फिट पश्चिटम तर्फ रहेको खर्दु सामुदायिक वन क्षेत्रमा निलो पँहेलो रंगको जेब्रा झोलामा प्याक गरेको अबस्थामा मानिसको टाउको र खुट्टा फेला परेको हो।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। दुई फरक स्थानमा भेटिएको शव एउटै मानिसको हो वा होइन भन्ने समेत खुल्न सकेको छैन। भेटिएका अंगहरुको प्रकृति हेर्दा एउटै मानिसको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

शव सडकभन्दा करिब १० मिटर तल भिरमा भेटिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंको गोंगबुमा पनि केही समय अगाडी यस्तै प्रकृतिमा हत्या गरि फ्याँलिएको अवस्थामा शव भेटिएको थियो। सुरुमा सनाखत समेत हुन नसकेको घटनामा प्रहरीले केही दिनमा अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell