A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a75c6c0d51667.20494114): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a75c6c0d51667.20494114,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रहेनन् निर्देशक रेशराज आचार्य
PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

रहेनन् निर्देशक रेशराज आचार्य



पहिलोपोस्ट

रहेनन् निर्देशक रेशराज आचार्य

काठमाडौं : निर्देशक रेशराज आचार्यको निधन भएको छ। आचार्यको बुधवार राति हृदयघातका कारण मृत्यु भएको चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए।

निरौलाका अनुसार साँझ ७ बजे आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो। अस्पतालमै उनको मृत्यु भयो। पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भयो।

रेशराजले २०४५ सालमा रिलिज भएको फिल्म 'तिलहरी' बाट निर्देशनमा डेब्यु गरेका थिए। उनले टुहुरो, माटो बोल्छ, आमा, बन्धन, मन मुटु र माया, मायाको साइनो, धर्म संकट जस्ता फिल्महरु निर्देशन गरेका थिए। आचार्यको अन्तिम फिल्म भने गोपिकृष्ण मुभिजको ‘प्रीतिको फूल’ हो।

फिल्म अघि उनले धेरै नाटक निर्देशन गरेका थिए। उनले निर्देशक गरेको टेलिसिरियल ‘स्मृति’ चर्चित थियो। आचार्यका श्रीमती र एक छोरा फ्रान्समा बसोबास गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell