PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

विश्वकप छनोटका लागि हामी सक्षम छौं : सन्दीप लामिछाने



पहिलोपोस्ट

विश्वकप छनोटका लागि हामी सक्षम छौं : सन्दीप लामिछाने
फाइल फोटो

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विश्वकपको 'ग्लोबल क्वालिफायर्स'को पूर्वसन्ध्यामा नेपाल विश्वकपमा छनोट हुने योग्य रहेको बताएका छन्। उनले टिम 'कम्बिनेसन' राम्रो भएकाले सबैको अन्तिम लक्ष्य विश्वकपमा छनोट हुने रहेको बताए।

'टिम कम्बिनेसन हेर्दा विश्वकप क्वालिफायर्सको जुन लक्ष्य लिएर आएका छौं, खेलाडीको यो तीनवटै खेलको प्रदर्शनको आधारमा हामी सक्षम छौं जस्तो लाग्छ। अगाडिका खेलहरुमा हामी योजनाका साथ अघि बढ्छौं,' कप्तान लामिछानेले भने, 'हामी सबैको अन्तिम लक्ष्य भनेको चाहीँ नेपाललाई विश्वकप पुर्‍याउने हो।'

विश्वकपको छनोटअघि नेपालले ओमन, यूएई र आयरल्याण्डसँग चारदेशीय सिरिज खेलेको थियो। जसमा नेपाली टोलीले ओमनलाई हराएको थियो भने यूएई र आयरल्याण्डसँग पराजय ब्यहोरेको थियो। विश्वकप अघिको उक्त सिरिजले नेपाली टोलीमा सकारात्मक प्रभाव बनाएको लामिछानेले बताए।

'चारदेशीय सिरिजका विश्वकप क्वालिफायर्सको तयारीका लागि महत्वपूर्ण थियो। यसले खेलाडीहरुलाई व्यक्तिगत प्रदर्शन देखि मैदानको अवस्था बुझ्नलगायतमा प्रभावकारी भयो,' उनले भने, 'बलिङ, ब्याटिङ तथा फिल्डिङ सबै डिपार्टमेन्टमा विस्तारै सुधार गरिरहेका छौं र आउने खेलहरुमा सकारात्मक परिवर्तन ल्याउने विश्वास छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell