PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

५७० जनामा देखियो कोरोना संक्रमण, थप ६ जनाको मृत्यु



पहिलोपोस्ट

५७० जनामा देखियो कोरोना संक्रमण, थप ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ७८९ जनाको कोभिड १९ परीक्षण गर्दा ५७० जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ९९३ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ रहेको छ। संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ११ हजार ९११ जना संक्रमितको कोरोनाका कारण मृत्यु भइसकेको छ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १ लाख ६४ हजार ४७५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको समेत जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell