PahiloPost

May 14, 2024 | १ जेठ २०८१

'म यस्तो गीत गाउँछु २' को नयाँ प्रचार शैली : नेपाल भाषामा 'प्रमोसनल' गीत सार्वजनिक



पहिलोपोस्ट

 'म यस्तो गीत गाउँछु २' को नयाँ प्रचार शैली : नेपाल भाषामा 'प्रमोसनल' गीत सार्वजनिक

काठमाडौं : कोरोना भाइरस महामारीका कारण दुई वर्ष 'होल्ड'मा रहेको फिल्म 'म यस्तो गीत गाउँछु २' यही फागुन १३ गतेबाट प्रदर्शनमा आउँदैछ। लामो समय रोकिएको फिल्मको प्रदर्शन मिति नजिकिएपछि फिल्म टिम अहिले प्रचारप्रसारमा व्यस्त छ।

२ वर्षअघि नै प्रचारमा ५० लाख खर्च गरेको दाबी गर्ने फिल्म टिमले दर्शकलाई हलमा तान्न अहिले नयाँ तरिका प्रयोग गरिरहेको छ। बुधवार मात्रै फिल्मले थारु भाषामा प्रमोसल गीत सार्वजनिक गरेको थियो। आज नेपाल भाषाको प्रमोसनल गीत सार्वजनिक गरिएको छ।

नेपाल भाषाको गीतमा नरेश योगीको शब्द र संगीत रहेको छ। गीतमा आश्रय रञ्जित र कल्पना श्रेष्ठको स्वर रहेको छ।

गीतको छायांकन भक्तपुरको मध्यपुर थिमिमा गरिएको थियो।

निर्देशक सुर्दशन थापाको निर्देशन रहेको फिल्ममा पल शाह र पुजा शर्मा मुख्य भूमिकामा छन्। हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell