PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

वाग्मती प्रदेश सरकारले हटायो युवा परिषद् उपाध्यक्ष



पहिलोपोस्ट

वाग्मती प्रदेश सरकारले हटायो युवा परिषद् उपाध्यक्ष

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरको छ।

प्रदेश सरकारको बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति बेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको, ऐन कानुनको विरुद्ध स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिए।

चौलागाईलाई २०७८ जेठ २७ गते बसेको तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको थियो।

चौलागाईले केहि दिनअघि युवा तथा खेलकुद मन्त्रीले आफुलाई स्पष्टीकरण मागेको र राजनितिक प्रतिशोध राखेर पदमुक्त गर्न लागेको आरोप लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell