PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

बालुवाटारमा सुरु भयो सत्तारुढ गठबन्धनको 'निर्णायक' बैठक



पहिलोपोस्ट

बालुवाटारमा सुरु भयो सत्तारुढ गठबन्धनको 'निर्णायक' बैठक
FILE PHOTO

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर बैठक बसेको हो। एमसीसी र गठबन्धनको भविष्यलाई लिएर आजको बैठक 'निर्णयक' हुने बताइएको छ।

बालुवाटारमा जारी बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेता कृष्ण प्रसाद सिटौलासहितका नेता सहभागी छन्। यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारारणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल बालुवाटार पुगेका छन्। यस्तै, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र जनमोर्चाबाट उपाध्यक्ष  दुर्गा पौडेल पनि बैठकमा सहभागी छन्।

सरकारले बुधवार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने योजना बनाए पनि नेकपा माओवादी केन्द्रको असहमतिका कारण रोकिएको थियो। माओवादीले जबरजस्ती एमसीसी प्रतिनिधिसभामा अघि बढाए सरकार र गठबन्धन छाड्ने चेतावनी दिएपछि हिजोको बैठकमा एमसीसी पेश भएन।

प्रतिनिधिसभाको अर्को बैठक भोलिका लागि बोलाइएको छ। भोलि एमसीसी पेश गर्ने कांग्रेसले बताउँदै आएको छ। यसै विषयलाई लिएर अहिले गठबन्धनमा छलफल जुटिरहेको हो।

गठबन्धनमा रहेको कांग्रेस एमसीसीकीको पक्षमा छ। तर, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनमोर्चा अहिलेकै स्वरुपमा एमसीसी पारित गर्ने पक्षमा छैनन्। जनता समाजवादीले भने आफ्नो मत सार्वजनिक गरिसकेको छैन।

सत्तारुढ गठबन्धनको बैठक अघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरुबिच छलफल भएको थियो। उक्त छलफलमा गठबन्धनलाई जोगाउने प्रयास गर्नेबारेमा कुराकानी भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell