PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

सत्तारुढ गठबन्धनको बैठक अघि किन बालकोट पुगे मिनेन्द्र रिजाल ?



पहिलोपोस्ट

सत्तारुढ गठबन्धनको बैठक अघि किन बालकोट पुगे मिनेन्द्र रिजाल ?

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ लाई लिएर बालुवाटारमा अहिले सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। गठबन्धनभित्र एमसीसीलाई लिएर विवाद बढेपछि निर्णायक वार्ताका रुपमा अहिले बैठक बसिरहेको हो।

सत्तारुढ गठबन्धनको बैठक अघि भने नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेका थिए। एमसीसीका कारण सत्तारुढ गठबन्धनमा तिक्तता आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दूतका रुपमा रिजाललाई ओली निवास बालकोट पठाएका थिए।

ओलीसँग भएको छलफलक विषयका बारेमा भने रिजालले केही खुलाउन चाहेनन्। पछिल्लो समय गठबन्धनमा विवाद आएसँगै कांग्रेस र एमालेका केही नेताहरुबिच छलफल भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell