PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग : होलील्याण्ड र लिटल फ्लावर विजयी



पहिलोपोस्ट

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग : होलील्याण्ड र लिटल फ्लावर विजयी

धनगढी : धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिन सम्पन्न दुई वटा खेलमा होलील्याण्ड इंग्लिश स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन्।

संघीय प्रहरीको खेल मैदानमा सम्पन्न पहिलो खेलमा होलील्याण्डले शारदा सरस्वती स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्‍यो।

शारदा सरस्वतीदिएको ७५ रनको लक्ष्य होलील्याण्डले ८ विकेटको क्षतिमा १६.२ ओभरमा पूरा गरेको थियो। होलील्याण्डका लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए। शारदा सरस्वतीका बलर हेमन्त धामी, गणेश बिटालु र बिकाश सुनारले समान दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको शारदा सरस्वतीले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। उसको लागि विकाश सुनारले सर्वाधिक ११ रन तथा निरज तेजचन्द र मिलनबोहराले समान १० रन बनाए। होलील्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तीन विकेट तथा अविनारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए। उनले दुई हजार रुपैयाँप्राप्त गरे।

आजको दोश्रो खेलमा आयोजक लिटल फ्लावर स्कुलले स्टेपिंग स्टोन धनगढीलाई ७१ रनले पराजित गर्‍यो। लिटल फ्लावरले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिंग स्टोनले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा मात्र ९१ रन बनाउन सक्यो।

स्टेपिंग स्टोनको ब्याटिङमा आयुबचन्दले सर्वाधिक ३२ रन तथा विशाल बिष्ट र भुपेश जोशीले समान १४ रन बनाए। लिटल फ्लावरका बलर अनुराग सिंहले दुई विकेट तथा प्रकाश जैसी, सुवास ऐयर र नरेन भट्टले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १६२ रन बनाएको थियो।

लिटल फ्लावरको ब्याटिङमा ओपनर सुवास ऐरले सर्वाधिक ६७ रन बनाए। उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै अनुराग सिंहले १३ तथा अनिल थापा र पुस्कर बडुले समान १२ रन बनाए। स्टेपिंग स्टोनका बलर बिरेन्द्र चन्द र आयुब चन्दले समानदुई विकेट तथादिनेश ओडले एक विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सुवास ऐर घोषित भए।

प्रतियोगिताअन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९:३० बजे गुरुकुल र सत्यवती एकेडेमीबिच तथा दोश्रो खेल दिउँसो १:३० बजे सैनिक आवासीय र होलिल्याण्डबिच हुनेछ। प्रतियोगितामा १० विद्यालय टिम सहभागी छन्।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell