PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बालुवाटारमा एमसीसीबारे जुटेन सहमतिः देउवाले भने पेश गरौँ, प्रचण्ड नेपाल पुरानै अडानमा



पहिलोपोस्ट

बालुवाटारमा एमसीसीबारे जुटेन सहमतिः देउवाले भने पेश गरौँ, प्रचण्ड नेपाल पुरानै अडानमा

काठमाडौँः सत्ता साझेदार दलहरुको अडान यथावत रहेपछि मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एससीसी) सँगको सम्झौता शुक्रबार प्रतिनिधि सभामा पेश हुने वा नहुने विषयमा ठोस् सहमति भएन। प्रधानमन्त्री निवासमा बसेको गठबन्धन आवद्ध दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको हो। सम्झौता पेशबारे अडान यथावत रहेपछि शुक्रबार बिहान १० बजे पुनः बैठक बस्नेगरि छलफल स्थगित गरिएको हो।

छलफलपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले प्रस्ताव अघि बढाउने धारणा राखेको बताए। कार्कीले दलहरुबीचमा सहमतिको प्रयासका लागि शुक्रबार बिहान १० बजे पुनः बैठक बस्ने बताए।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दलहरुको अडान यथावत रहेकाले शुक्रबार पुनः छलफल हुने बताए।  

तीन घण्टाभन्दा लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार पुनः बैठक डाकिएको हो। शीर्ष नेताको छलफलमा प्रधानमन्त्री देउवाले सम्झौता शुक्रबार प्रतिनिधि सभामा पेश गर्नुपर्ने धारणा राखेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्झौता पेश गर्न पहिले संसद्को अवरोध हटाउनु पर्ने शर्त राखेका छन्। एकीकृक समाजवादीका अध्यक्ष नेपालले पार्टीमा थप छलफल आवश्यक रहेको भन्दै ७ गतेसम्म कुर्न समय माग गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell