PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा फुटबल टोलीका पूर्व कप्तान हरि खड्का दोषी ठहर



पहिलोपोस्ट

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा फुटबल टोलीका पूर्व कप्तान हरि खड्का दोषी ठहर

काठमाडौँः नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्का दोषी ठहर भएका छन्। विशेष अदालतले खड्कालाई दोषी ठहर गरेको हो।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई बिहीबार दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १२ गते खड्काविरुद्ध मुद्दा दायर गरेको थियो।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्ति भएको अख्तियारको दाबी थियो।

खड्काले माध्यामिक शिक्षा परिषद् बाराणसी, उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुट्टो प्रमाणपत्र पेश गरेको आयोगको दाबी थियो। सोही प्रमाणपत्रका आधारमा २०५५ कार्तिक १ गते खुला प्रतिस्पर्धाबाट खड्का प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell