PahiloPost

Jul 3, 2024 | २० असार २०८१

ओली भेट्न बालकोट पुगे देउवा, एमसीसी संसदमा लैजान खोजिँदै सहमति



पहिलोपोस्ट

ओली भेट्न बालकोट पुगे देउवा, एमसीसी संसदमा लैजान खोजिँदै सहमति
फोटोः विष्णु रिजालको ट्वीटरबाट

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन्। स्रोतका अनुसार राति करिब सवा  ८ बजे देउवा बालकोट पुगेका हुन्। पत्नी आरजु राणासहित देउवा बालकोट पुगेका हुन्। 

एमसीसीसँगको सम्झौता प्रतिनिधि सभामा पेश गर्न सत्ता गठबन्धनभित्र सहमति नभएपछि देउवा बालकोट पुगेका हुन्। गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पेश लागि पहिले संसद्को अवरोध हट्नुपर्ने शर्त राखेका थिए। 

बालुवाटारमा भएका बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हट्नुपर्ने शर्त राखेका थिए। प्रमुख प्रतिपक्ष दल एमालेले चालु अधिवेशनको प्रारम्भदेखि नै बैठक अवरुद्ध गरिरहेको छ। 

शुक्रबारको बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी छ। तर, गठबन्धनमा एकमत छैन।

बिहीबार नै कांग्रेस नेता मीनेन्द्र रिजालले पनि ओलीसँग भेट गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell