PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

देउवा ओलीबीचको भेट सकियो, दुबैले दिएनन् प्रतिक्रिया



पहिलोपोस्ट

देउवा ओलीबीचको भेट सकियो, दुबैले दिएनन् प्रतिक्रिया

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ। बिहीबार राति ओली निवास बालकोटमा दुई नेताबीच भेट भएको हो। 

औपचारिक रुपमा कुनै प्रतिक्रिया दुबै नेताले दिएनन्। प्रतिपक्ष दलका नेता ओलीको सचिवालयले भने एमसीसी सम्झौता र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएको छ। 

बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठक लगत्तै देउवाल ओलीलाई भेट्न बालकोट पुगेका थिए। गठबन्धन बैठकमा एमसीसी अघि बढाउनेबारे सहमति नभएपछि देउवा ओली भेट्न पुगेका हुन्। 

ओली देउवाबीच करिब दुई घण्टा कुराकानी भएको थियो। पत्नी आरजु राणासहित देउवा ओली निवास पुगेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell