PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नेपाली क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीले आज ओमनसँग प्रतिस्पर्धा गर्दै
फाइल फोटो

काठमाडौं: नेपाली क्रिकेट टोलीले आज ओमनको सामना गर्दैछ। आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको खेलमा ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा दिउँसो पौने १२ बजे खेल सुरु हुनेछ।

प्रतियोगिताका लागि ओमन पुगेको नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले खेलको पूर्वसन्ध्यामा टोलीको तयारी राम्रो भएको बताएका थिए।

'टिमको राम्रो सेप बनेको छ। यद्यपि केही महत्वपूर्ण खेलाडीहरु चोटका कारण टिम बाहिर छन्,'उनले अगाडि भने, 'ब्याटिङमा पनि राम्रो सेपिङ भएको छ। फास्ट बलिङ र स्पिनरहरुले राम्रो गरिरहेका छन्। समग्रमा राम्रो भइरहेको छ, म खुशी छु।'

नेपालले विश्वकप क्वालिफायर्स अघि ओमन, यूएई र आयरल्याण्डसँग सिरिज खेलेको थियो जसमा ओमनलाई हराएको थियो भने यूएई र आयरल्याण्डसँग पराजित भएको थियो। यी तीनवटै खेलहरुले खेलाडीलाई धेरै कुरा सिकाएको प्रशिक्षक दासानायके बताए। त्यस्तै कप्तान सन्दीप लामिछानेले नेपाल विश्वकपमा छनोट हुन योग्य रहेको बताए।

'टिम कम्बिनेसन हेर्दा विश्वकप क्वालिफायर्सको जुन लक्ष्य लिएर आएका छौं, खेलाडीको यो तीनवटै खेलको प्रदर्शनको आधारमा हामी सक्षम छौं जस्तो लाग्छ। अगाडिका खेलहरुमा हामी योजनाका साथ अघि बढ्छौं,' कप्तान लामिछानेले भने, 'हामी सबैको अन्तिम लक्ष्य भनेको चाहीँ नेपाललाई विश्वकप पुर्‍याउने हो।'

ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन्। ८ टोलीलाई चार चार गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्। समूह ए मा आयरल्याण्ड, यूएई, बहराइन र जर्मनी छन्।

समूह चरणको खेलपछि दुबै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। र, त्यसबाट फाइनल पुग्ने टोलीले अस्ट्रेलियामा हुने टी २० विश्वकप खेल्न पाउनेछन्।

नेपालले आज ओमनसँग, भोलि फिलिपिन्ससँग र सोमवार क्यानडासँग खेल्नेछ। खेलको प्रत्यक्ष प्रसारण हिमालय टिभीले गर्नेछ।

यी हुन् छ विश्वकप छनोटमा खेल्ने अन्तिम १४ खेलाडी

सन्दीप लामिछाने (कप्तान)

शरद भेषवाकर

ज्ञानेन्द्र मल्ल

दीपेन्द्रसिंह ऐरी

कुशल भुर्तेल

मोहम्मद आरिफ शेख

मोहम्मद आशिफ शेख

अभिनास बोहोरा

जितेन्द्र कुमार मुखिया

कमलसिंह ऐरी

विवेक कुमार यादव

लोकेश बहादुर बम

सागर ढकाल

गुल्सन कुमार झा

रिजर्भ

कुशल मल्ल

शाहब आलम

प्रदीप ऐरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell