PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मतदाता परिचयपत्र हराए के गर्ने?



पहिलोपोस्ट

मतदाता परिचयपत्र हराए के गर्ने?

काठमाडौं : आगामी वैशाख ३० मा तोकिएको स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदानको अवसर पाउनेछन्। 

नयाँ मतदाताका लागि मतदाता परिचयपत्र सोही बेला सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुनेछ। तर, पुराना मतदाता, जसको मतदाता परिचय पत्र हराएको छ वा नष्ट भएको छ, उनीहरुले के गर्ने?

निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गराउँदै छ। परिचयपत्र हराए वा नष्ट भएको भए मतदाताले जिल्ला निर्वाचन कार्यालयमार्फत पाउनेछन्। त्यसका लागि मतदाताले सम्बन्धित वडाको सिफारिस लिएर जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ। 

स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन २० गतेसम्म त्यस्ता मतदातालाई आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा गरेर निवेदन दिन भनेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell