काठमाडौं : प्रेसर कुकर र लोहोरो प्रहार गरी कीर्तिपुरमा छोराहरुले बाबुको हत्या गरेका छन्। ६५ वर्षका बाबुको हत्यामा संलग्न भएको भन्दै प्रहरीले काठमाडौं महानगरपालिका-१३ घर भई हाल कीर्तिपुर नगरपालिका-६ पाण्डेछाप बस्ने मृतकका माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा ४० वर्षीय कृष्ण महर्जनलाई पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी मरणासन्न हुने गरी कुटपिट गरेपछि घाइते भएका वृद्धको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद- १२ को ‘ज्यान सम्बन्धी कसूर’ मा प्रहरी बृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको छ।