PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

श्रमिक अस्पताल बनाउन सरकारले दियो सैद्धान्तिक सहमति, अध्ययन गर्दै श्रम मन्त्रालय



पहिलोपोस्ट

श्रमिक अस्पताल बनाउन सरकारले दियो सैद्धान्तिक सहमति, अध्ययन गर्दै श्रम मन्त्रालय
PHOTO: PMO

काठमाडौं : सरकारले श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गरेको मन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए।

मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोलीसमेत गठन गरेका थिए। मन्त्रालयका सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको टोलीले अस्पताल संचालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन मोडालिटी लगायत पक्षबारे अध्ययन गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।

उनले मुलुकको आर्थिक विकास र समृद्धिको आधारको रुपमा रहेका लाखौं श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको उनको भनाइ छ।

नेपालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारीका लागि छुट्टै अस्पताल छन्। त्यस्तै भरतपुरमा शिक्षक अस्पताल निर्माणको अध्ययन भइरहेको छ। अब सरकारले श्रमिक अस्पताल निर्माण अघि बढाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell