PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

बेलायतमा युनिस आँधी : लाखौं नागरिकलाई घर भित्रै बस्न सरकारको अपिल



पहिलोपोस्ट

बेलायतमा युनिस आँधी : लाखौं नागरिकलाई घर भित्रै बस्न सरकारको अपिल

बेलायतमा लाखौं मानिसलाई घर भित्रै बस्न सरकारले अपिल गरेको छ। दशकौंपछिकै शक्तिशाली आँधी बेलायतमा प्रवेश गरेसँगै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको हो। बीबीसीले युनिस आँधी तीन दशककै सबैभन्दा खतरनाक आँधी हुन सक्ने बताएको छ।

बेलायतको ‘मेट अफिस’ले युनिस आँधीले लन्डन र पूर्वी इंग्ल्याण्डमा प्रभावित हुने जनाएको छ। ‘मेट अफिस’ले आँधीलाई लिएर ‘रेड वार्निङ’ नै जारी गरेको छ।

सरकारले सम्भावित विपद् व्यवस्थापनका लागि सेनालाई तैनाथ अवस्थामा रहन भनेको छ। सयौं विद्यालयहरु बन्द गरिएका छन् भने वेल्सबाट संचालन हुने रेलहरु पनि रद्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell