PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

२० मिनेट बसेर सकियो गठबन्धन बैठक



पहिलोपोस्ट

२० मिनेट बसेर सकियो गठबन्धन बैठक
फाइल फोटो

काठमाडौं : एमसीसीका विषयमा साझा धारणा तय गर्न बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक करिब २० मिनेट बसेर सकिएको छ। बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

बैठकको सुरुमै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थप समय मागेका थिए। समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्दै छ। त्यसमा थप छलफल गर्ने उक्त पार्टीको तयारी छ।

गठबन्धनको अर्को बैठक आइतबार बिहान बस्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए।

बैठकअघि आजै बिहान नेपाली कांग्रेसबाहेक गठबन्धन दलका शीर्ष नेताको बैठक माओवादी अध्यक्ष दाहाल निवास खुमलटारमा  बसेको थियो। एमसीसी अहिले नै संसदमा पेस गर्न सक्ने अवस्था नबनेको एक नेताले बताए।

गठबन्धनले निर्णय गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद बढाएका छन्। हिजो साँझ उनी ओली निवास बालकोट पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell