PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

बालाजुमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेको बसका चालक समातिए



पहिलोपोस्ट

बालाजुमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेको बसका चालक समातिए

काठमाडौं : बालाजुमा बसले ठक्कर दिएर फरार रहेका बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना भएको करिब चौविस घण्टापछि प्रहरीले फरार चालक र बस नियन्त्रणमा लिन सफल भएको हो। धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर ४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए।

प्रहरीले वाग्मती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको धादिङ-काठमाडौं रुटमा चल्ने बस समेत नियन्त्रणमा लिएको छ।

बिहीवार बिहान ५ बजेर ५० मिनेटको समयमा बालाजुको गंगा हल अगाडि बसले हिँडिरहेका दुई जनालाई ठक्कर दिँदा दुवैको मृत्यु भएको थियो।

रसुवा कालिका गाउँपालिका घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका जागृती टोल बस्ने दुर्गामाया थापा मगरको मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell