PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

बानेश्वरमा आज पनि चर्कियो एमसीसी विरुद्धको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा बानेश्वरमा प्रदर्शन जारी छ। एमसीसीको विरोधमा प्रदर्शन गर्दै राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका छन्।

दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नहुने लगभग पक्का भएपनि बानेश्वर प्रदर्शन जारी छ।

यसअघि बुधवार पनि नयाँ बानेश्वरस्थित स‌ंसद् भवन परिसरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। आज पनि प्रदर्शन चर्किन सक्ने अनुमान गरी प्रहरीले काठमाडौंमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

आज बिहान मात्र काठमाडौंको  ढुङ्गेअड्डामा एमसीसीको विरोध गर्दै राखिएको शंकास्पद वस्तु फेला परेको थियो। झोलामा कुकर राखेर मानिसलाई तर्साउन खोजिएको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell