PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

नेपालको फितलो ब्याटिङ, ओमनलाई १ सय १८ रनको सामान्य लक्ष्य



पहिलोपोस्ट

नेपालको फितलो ब्याटिङ, ओमनलाई १ सय १८ रनको सामान्य लक्ष्य
फाइल फोटो

काठमाडौं: आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको आज जारी खेलमा नेपालले ओमनलाई १ सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो।

आशिफ शेखलाई ४ र कुशल भुर्तेललाई ५ रनमै गुमाएको नेपालको ब्याटिङ सुखद हुन सकेन। त्यसपछि आएका ज्ञानेन्द्र मल्लले १५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी ११ रनमा पभेलियन फर्किए। धर्मराएको नेपालको ब्याटिङ लाइन आरिफ शेखले सम्हालेका थिए। उनले ३८ रन बनाउँदै नेपालको पारी उकासे। त्यसबाहेक लोकेश बम र कप्तान सन्दीप लामिछानेले समान १६ रन बनाए।

बलिङतर्फ ओमनका खावर अलीले सर्वाधिक ३ विकेट लिँदा विलाल खानले २ तथा फैयाज बुट र जेसन मक्सुदले समान १ विकेट लिए।

ओमन केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell