PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रधानमन्त्रीसँग दुई विकल्प छन्, एमसीसी पास गर्ने वा गठबन्धन जोगाउने : शशांक कोइराला



पहिलोपोस्ट

प्रधानमन्त्रीसँग दुई विकल्प छन्, एमसीसी पास गर्ने वा गठबन्धन जोगाउने : शशांक कोइराला

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. शशांक काईरालाले अमेरिकी परियोजना (एमसीसी) पारित हुनुपर्ने बताएका छन्। आज बसेको प्रतिनिधिसभा बैठक पछि प्रतिक्रिया दिँदै उनले एमसीसीबारे गलत धारणा फैलाइएको बताए।

‘एमसीसी नेपालको लागि राम्रो हो। तर अमेरिकी सेना यहाँ आउँछन् लगायतका कुरा फैलाइएको छ। ९ वटा मुलुकमा एमसीसी चलिरहेको छ त्यसमा त कोही सेनाहरु परिचालन भएको छैनन्। त्यसलाई पनि आधार मानेर एमसीसी हामीले पारित गर्नुपर्छ,’ उनले भने।

शशांकले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमसीसी पास गर्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको समेत बताएका छन्।

‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एउटा एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो। यो विकल्प उहाँले नै रोज्नुपर्ने हो। उहाँले कुन रोज्नुहुन्छ। एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने म देख्छु। गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ। दुई मध्ये एउटा मात्रै हुनसक्छ’ उनले भने।

उनले ५ सय मिलियन डलरको परियोजना नेपालका लागि राम्रो भएको भन्दै त्यसपछि अमेरिकाको अर्को स्वार्थ नभएको समेत दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell