PahiloPost

Jun 24, 2026 | १० असार २०८३

फेरि सर्‍यो माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक, २० गतेका लागि तय



पहिलोपोस्ट

फेरि सर्‍यो माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक, २० गतेका लागि तय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक फेरि स्थगित गरिएको छ। 

पुसमा सम्पन्न केन्द्रीय कमिटीको महाधिवेशनपछि केन्द्रीय कमिटीको पूर्ण बैठक पटकपटक स्थगित हुँदै आएको छ। बैठक फागुन ८ र ९ गतेका लागि बोलाइएको थियो। फागुन ८ गते गठबन्धनको बैठक बस्दै छ।

नेतृत्वको व्यस्तताका कारण बैठक फागुन २० गतेका लागि निर्धारित गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

पुस ११ देखि १७ सम्म माओवादी केन्द्रको महाधिवेशन पछि १९ गते पहिलो केन्द्रीय कमिटीको बैठक बसेको थियो। त्यस बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गर्दै स्थगित भएको थियो। त्यसयता बैठक पटक पटक स्थगित हुँदै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell