PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

भक्तपुरमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन



पहिलोपोस्ट

भक्तपुरमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

काठमाडौ : भक्तपुरको खोला किनारमा एक मानिस मृत फेला परेका छन्। आज बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ९ नङ्खेल भाराली खोलामा एक पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

मृतकको सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ४५ वर्षीय वर्ण गहुँगोरो, उचाइ पाँच फिट, हरियो कलरको ज्याकेट, हरियो कलरको ट्याक सुट र उलनको टोपी लगाएको पुरुषको शव भेटिएको हो।

महानगरीय प्रहरी वृत्त जगातीबाट घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell