PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कुशल भुर्तेलको अर्धशतक, तोडे पारस खड्काको कीर्तिमान



पहिलोपोस्ट

कुशल भुर्तेलको अर्धशतक, तोडे पारस खड्काको कीर्तिमान
तस्बिर: क्यान

काठमाडौं: टी २० विश्वकप छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीले फिलिपिन्ससँग खेलिरहेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतको प्रहार गरेका छन्।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका आशिफ शेख गोल्डेन डकआउट हुन पुगेका थिए। त्यसपछि आएका कुशल मल्ल पनि २ चौकाको सहायतामा १२ रन बनाउँदै पभेलियन फर्किँदा यो समाचार तयार गर्दासम्म कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा छन्।

भुर्तेलले ८.६ ओभरमा ३२ बलमा अर्धशतक पुरा गर्दा नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको कीर्तिमानी तोडेका छन्। टी २० आईमा नेपालका लागि सबैभन्दा धेरै अर्धशतक बनाउने कीर्तिमान खड्काको रहेकोमा भुर्तेलले यो कीर्तिमानी तोडेका हुन्। खड्काले ३३ खेलबाट एक शतक र ५ अर्धशतक बनाएकोमा भुर्तेलले ८ खेलबाट अर्धशतक बनाएका हुन्। 

उनीपछि बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २ अर्धशतक बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell