PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेकोमा म विश्वस्त छु : बाइडेन



पहिलोपोस्ट

पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेकोमा म विश्वस्त छु : बाइडेन
Photo : AFP/GETTY IMAGES

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्‍लादमिर पटिनले युक्रनेमाथि आक्रमण गर्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन्। युक्रेनसँग जोडिएको सीमामा रसियाले सेनाको तैनाथी गरे पछि अमेरिकाले रसियाले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्ने सक्ने चेतावनी दिँदै आएको छ। तर, रसियाले भने अमेरिकी दाबीको खण्डन गरेको छ। साथै, सीमाबाट समेत रसियाले सेना हटाएको दाबी गरेको छ।

युक्रेनलाई लिए रसिया र अमेरिका आमनेसामने हुँदा बाइडेनले भने पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको बताएका हुन्।

उनले आउने हप्तावा छिट्टै युक्रनेमाथि रसियाली सेनाले आक्रमण गर्न सक्ने समेत बताएका छन्। उनले आक्रमणको केन्द्र युक्रेनको राजधानी किभ हुने दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell