PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कुशल बने टी २० आईमा नेपालको तर्फबाट शतक बनाउने तेस्रो खेलाडी, फिलिपिन्सलाई २१९ रनको टार्गेट



पहिलोपोस्ट

कुशल बने टी २० आईमा नेपालको तर्फबाट शतक बनाउने तेस्रो खेलाडी, फिलिपिन्सलाई २१९ रनको टार्गेट
Photo : CAN

काठमाडौं : टी २० विश्वकप छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीले फिलिपिन्ससँग खेलिरहेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्। उनी ६१ बलमा १३ चौका र १ छक्काको सहायतामा १०४ रन बनाउँदै अविजित रहे।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले १७.१ ओभरमा ३७ बलमा अर्धशतक पुरा गरे। उनी ४७ बलमा ६ चौका र ४ छक्काको सहायतामा ८३ रन बनाउँदै पभेलियन फर्किए।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका आशिफ शेख गोल्डेन डकआउट हुन पुगेका थिए। त्यसपछि आएका कुशल मल्ल पनि २ चौकाको सहायतामा १२ रन बनाउँदै पभेलियन फर्किँए। त्यस्तै लोकेश बम ६ रनमा अविजित रहे।

आजको खेलसँगै भुर्तेल नेपाली टोलीबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्। उनी अघि ज्ञानेन्द्र मल्लले १०७ रन र पारस खड्काले अविजित १०६ रन बनाउँदै शतक पुरा गरिसकेका छन्।

आजको खेलमा फिलिपिन्सका लागि ड्यानियल स्मिथ, मिग्गि पोडोस्की र गुरभुपिन्दर चोहनले समान १ विकेट लिए।

नेपालले फिलिपिन्सलाई २१९ रनको टार्गेट दिएको छ। फिलिपिन्स केहीबेरमा जवाफी ब्याटीङमा उत्रिँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell