PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ब्राजिलको पेट्रेपोलिसमा बाढी पहिरो : मृत्यु हुनेको संख्या १३० नाघ्यो, २०० बढी बेपत्ता



पहिलोपोस्ट

ब्राजिलको पेट्रेपोलिसमा बाढी पहिरो : मृत्यु हुनेको संख्या १३० नाघ्यो, २०० बढी बेपत्ता
Photo : BBC

ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी पहिरो जाँदा मृत्यु हुनेको संख्या १३० नाघेको छ। स्थानीय अधिकारीहरुका अनुसार हालसम्म १३६ जनाको मृत्यु भइसकेको छ। यस्तै, २१३ जना अझै हराइरहेका छन्।

हजारौं व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढी पहिरो गएको क्षेत्रमा उद्धारकार्य अझै जारी छ। विभिन्न संघसंस्थाले राहत कार्य संचालन गरिरहेका छन्।

रियो डि जनेरियोको उत्तर तर्फ रहेको पहाडी क्षेत्रमा रहेको पेट्रोपोलिस शहर प्रसिद्ध पर्यटकिय क्षेत्र हो। मंगलवारको भारी वर्षाका कारण गएको बाढी पहिरोका कारण कयौं घरहरु क्षतिग्रस्त भएका छन्। ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतको घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell