PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

५ सय १ जना कैदीलाई कैद छुट, १२ जनाको कैद सजाय माफी



पहिलोपोस्ट

५ सय १ जना कैदीलाई कैद छुट, १२ जनाको कैद सजाय माफी

काठमाडौंः सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५  सय १३ जना  कैदी बन्दीलाई सजाय माफी र कैद सजाय छुट दिएको छ।

५ सय १ जना कैदी बन्दीलाई कैद छुट र १२ जनालाई कैद सजाय माफी दिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

७२ ‍औँ प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद छुट र सजाय माफी दिइएको हो। सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell