PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले जिते, तोडे नेपाली धावकको कीर्तिमान



पहिलोपोस्ट

 सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकले जिते, तोडे नेपाली धावकको कीर्तिमान

पोखरा : सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरुष तर्फको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन्।

नेपालमा भएको म्याराथनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कीर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन्। उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन्। १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका थिए।

केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै ४ लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे। पोखरा म्याराथनमा उनको कीर्तिमान हो। यसअघि नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेण्डमा पूरा गर्दै कीर्तिमानी बनाएका थिए।

महिलातर्फको हाफ म्याराथनको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले जितेकी छिन्। महिलातर्फको हाफ म्याराथनको उपाधि प्रसाँईले दोस्रो पटक उचालेकी हुन्। महिलातर्फ हाफ म्याराथन विजेताले नगद १ लाख पुरस्कार दिइएको थियो।

खुला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो। सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा म्याराथन पूरा गर्दै दुईलाख नगर राशीको पुरस्कार प्राप्त गरे।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell