PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

फिलिपिन्समाथि नेपालको सहज जित : १३६ रनको अन्तरले जित निकाल्दा सन्दीपले लिए तीन विकेट



पहिलोपोस्ट

फिलिपिन्समाथि नेपालको सहज जित : १३६ रनको अन्तरले जित निकाल्दा सन्दीपले लिए तीन विकेट
Photo : CAN

काठमाडौं: टी २० विश्वकप छनोट ए अन्तर्गत आज सम्पन्न खेलमा नेपालले फिलिपिन्समाथि सहज जित निकालेको छ। ओमनस्थित अलअमेरत स्टेडियममा सम्पन्न खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले शतकीय पारी खेल्दै सर्वाधिक १०४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ८३ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक कुशल मल्लले १२ रन बनाउँदा लोकेश बम ६ रनमा अविजित रहे। ओपनर आशिफ शेख रन नजोड्दै आउट भएका थिए।

बलिङतर्फ फिलिपिन्सका ड्यानियल स्मिथ, मिग्गि पोडोस्की र गुरभुपिन्दर सिंहले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८२ रनमात्र बनाउन पुग्यो। फिलिपिन्सका लागि जोर्डन अलेग्राले सर्वाधिक २७ रन बनाउँदा गुरभुपिन्दर सिंह ६ रनमा अविजित रहे। त्यसबाहेक ड्यानियल स्मिथले २० तथा कप्तान जोनाथन हिलले ११ रन जोडे।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा गुलसन झा, जितेन्द्र मुखिया, अभिनास बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

जितसँगै ४ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ। नेपालले सोमवार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell