PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मुड्खु-तीनपिप्लेका स्थानीयको आन्दोलनका कारण काठमाडौंमा फेरि उठेन फोहोर



पहिलोपोस्ट

मुड्खु-तीनपिप्लेका स्थानीयको आन्दोलनका कारण काठमाडौंमा फेरि उठेन फोहोर

काठमाडौं : मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको छ। फागुन १ देखि फोहोर ढुवानी रोकिएका कारण उपत्यकाका चोकहरुमा फोहोरको थुप्रो देखि थालेको छ। 

चोक र सडकमा फोहोर थुप्रो देखिन थालेपछि काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर नफ्याँक्न महानगरवासीलाइ अनुरोध गरेको छ।

उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल ल्याण्डफिल साइटमा हुँदै आएको छ। उक्त साइट जान प्रयोग हुने पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु-तिनपिप्ले सडक खण्ड कालोपत्रे हुनुपर्ने माग राखेर स्थानीय बासिन्दाले आवागमन अवरोध गरेका कारण फोहोर ढुवानी रोकिएको हो।

स्थानीयका मागका सम्बन्धमा महानगरपालिकाले नेपाल सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गरी छलफल अघि बढाइसकेको जनाएको छ। महानगरले सूचनामार्फत हाललाई उपत्यकाबासीले आफ्नो घर/पसल/उद्योग/ व्यवसायबाट उत्सर्जन हुने फोहोर कुहिने वा नकुहिने छुट्याइ सकेसम्म कुहिने फोहोरलाइ आफै व्यवस्थापन गर्न अनुरोध गरेको छ।

नकुहिने फोहोरलाइ जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर फोहोर व्यवस्थापनमा सहयोग गरी जोखिम न्यूनीकरणमा सहयोग गर्न अनुरोध गरिएको छ।

उक्त क्षेत्रका स्थानीयले बेलाबेलामा सडक अवरुद्ध गर्दा काठमाडौंको फोहोर संकलन कार्य प्रभावित हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell