PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

सुन पसललाई नक्कली सुन बेच्‍ने गुप्ता पक्राउ



पहिलोपोस्ट

सुन पसललाई नक्कली सुन बेच्‍ने गुप्ता पक्राउ
फाइल फोटो

काठमाडौं : सुन पसलमा नै नक्कली सुन बिक्री गर्न 'सफल' पङ्कजकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।

सिरहा कल्याणपुरका ३२ वर्षीय गुप्ताले ललितपुरको सात दोबाटोमा रहेको ओमलक्ष्मी सुनचाँदी पसल र महाराजगञ्जमा रहेको जयलक्ष्मी सुनचाँदी पसलमा एक एक तोला पहेलो धातुलाई सुन भन्दै बिक्री गरेको प्रहरीले जनाएको छ। उनलाई गएको बुधवार पक्राउ गरिएको जनाइएको छ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ८ मानबहादुर मार्ग नजिकै रहेको असिम सुनचाँदी पसलमा यसैगरी नक्कली सुन बेच्न खोज्दा उनी पक्राउ परेका हुन्।

महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले दुई वटा नक्कली सुनको सिक्री बरामद गरेको छ। प्रहरीले गुप्तालाई ठगी तथा विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा ५ दिन म्याद लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell