PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्नुस, यो सरकारको आयु बढीमा एक वर्ष हो : ओली



पहिलोपोस्ट

संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्नुस, यो सरकारको आयु बढीमा एक वर्ष हो : ओली

भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको बताएका छन्।

शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अबको एक वर्ष भित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताएका हुन्।

उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई ‘स्वार्थी’ भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए।

‘अब एक वर्ष भित्र चुनाव हुनै पर्छ। बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन। अब त बढीमा एक वर्ष हो सरकारको आयु। संसारभरका ज्योतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ –बढीमा एक वर्ष हो, आयु,’ ओलीले भने।

ओलीले नेकपा माओवादी केन्द्र र नेकपा पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान समेत गरेका छन्। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले झुक्याएर पार्टीको सदस्यता दिएको उनको आरोप थियो।

‘नेकपा एमालेका आउनुस, देश बनाउने अभियानमा लागौं,’ उनले पार्टीमा फर्किन आह्वान गर्दै भने।

ओलीले निर्वाचनमा प्रशासनको दुरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढ्न आफ्नो पार्टी सक्षम रहेको समेत बताए। उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell